२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम हुने

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०२:४९


काठमाडौं । रगतको चरम अभाव भएपछि काठमाडौंमा जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ ।

शनिबार काठमाडौंको रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रम हुन लागेको हो । रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागेको रक्तदान कार्यक्रम कोभिडका विरुद्ध पूर्ण सावधानी अपनाई प्रहरीसँगको सहकार्य गरिने छ ।

रक्तदातालाई रक्तदानस्थलसम्म आउने वातावरण मिलाउन आयोजक पक्ष आवश्यक तयारी सुरु गरेको छ । रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडांै सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा हुन लागेको हो ।

आयोजकले रक्तदानमा सहभागी हुन तथा रक्तदाता बढाइदिन सम्पूर्णलाई आव्हान गरेको छ । नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अप्रेसन गर्नैपर्ने बिरामीको पनि रगत अभावले अप्रेसन हुन नसकेको बताए पछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्डस्का अध्यक्ष भुषणकुमार श्रेष्ठले भन्नुभयो, ‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो, सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौँ, जीवन रक्षाका निमित्त हामी जस्तो सहयोग गर्न पनि तयार छौँ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !