३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिभिन्न अस्पतालमा आठ संक्रमितले गुमाए ज्यान

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०६:५८


.

चितवन । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना संक्रमितको ज्यान गएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको ज्यान गएको हो ।

ज्यान जानेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा ज्यान जानेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः०० बजे ज्यान गएकाे हो ।

सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय संक्रमित वृद्धाको ज्यान गएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः४४ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । निमोनियाका कारण यहि वैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ बजे ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको ज्यान गएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ बजे ज्यान गएको हो ।

सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको ज्यान गएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः३९ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५३ बजे ज्यान गएको हो ।

भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राति ११ः५ बजे ज्यान गएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुंगा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना संक्रमितको ज्यान गएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राति १०ः३० वजे ज्यान गएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !