१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद् कृष्ण थापालाई हस्ताक्षरकाे लागि दवाव

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०८:१२


काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस–माओवादी संयुक्त सरकार गठनको पक्षमा हस्ताक्षर गर्न राष्ट्रिय जनमोर्चाको सांसद् कृष्ण थापालाई व्यापक दवाव दिइएको छ ।

संयुक्त सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय सकिनै लाग्दा जनमोर्चाको संसदीय दलका नेता समेत रहनुभएका थापालाई वैकल्पिक सरकार गठनको पक्षमा हस्ताक्षर गर्न व्यापक दवाव परेको छ ।

गण्डकीमा संयुक्त सरकार गठनको लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज अपरान्ह सकिँदै छ । आज अपरान्हसम्म कांग्रेस, माओवादी लगायतको गठबन्धनले ३१ जना सांसद्को हस्ताक्षर बुझाउन नसके संयुक्त सरकार बन्ने छैन । त्यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले एमालेको नयाँ सरकार बन्ने छ ।

६० सदस्सीय प्रदेश सभामा एमालेका एक स्वतन्त्र  सहित २८ सांसद् छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद् छन् । संयुक्त सरकारको लागि कांग्रेस, माओवादी र जसपाका सांसद् र जनमोर्चाका अन्य सांसद् हस्ताक्षर गरेपनि संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । उहाँले हस्ताक्षर नगरेसम्म संयुक्त सरकार गठनको पक्षमा बहुमत पुग्दैन ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान थापाको हस्ताक्षरको प्रयास जारी रहेको बताउनुभयो । छलफलमै छ , जनमोर्चाको स्टेपहरु अघि बढाइ रहेको छ , कि सही गर नत्र कारबाहीमा पर्छौ भनेर दवाव दिइरहेको छ, अन्तिमसम्म उहाँ सही गर्न तयार हुनुहोला वा जनमोर्चाले कारबाही गरेर उहाँको सांसद् पद खाली गर्ला’, चुमानले भन्नुभयो ।

जनमोर्चाले प्रक्रियामा रहको भन्दै आफूहरुलाई झुलाई रहेको चुमानले बताउनुभयो । ‘उहाँहरु प्रक्रिया प्रक्रिया भन्नुहुन्छ, हाम्रो वा अरु कुनै पार्टीको भए हिजै खाली भइसक्थ्यो, तै पनि उहाँले हस्ताक्षर गर्नुहोला भन्नेमा जनमोर्चा हामी पनि आशावादी भएका छौँ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !