३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टीको कुनै पनि समानान्तर गतिविधिमा संलग्न छैंन- दल रावल

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०३:२४


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशका नेता दल रावलले आफू पार्टीको कुनै पनि समानान्तर गतिविधिमा संलग्न नरहेको बताउनुभएको छ ।

माधव गुटले सो गुटको हुम्ला जिल्ला अध्यक्ष र प्रदेश कमिटी सदस्य बनाएपछि प्रतिक्रिया दिँदै कर्णाली प्रदेश सभा सदस्य समेत रहनुभएका रावलले आफू कुनै पनि समानान्तर गतिविधिमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘म पहिले नै एमाले जिल्ला कमिटीको अध्यक्ष हो, फेरि किन समानान्तर कमिटीको अध्यक्ष बस्नु पर्यो ?’

दुई लाइन संघर्ष कम्युनिष्ट पार्टी भित्रको सुन्दर पक्ष भए पनि समानान्तर गतिविधि मान्य नहुने रावलले बताउनुभयो । पार्टी भित्रका असहमति र विमति पार्टी भित्र संघर्ष गरेर समाधान खोज्न सकिने भए पनि पार्टी नै सिध्याउने गतिविधिमा आफ्नो संलग्नता हुनै नसक्ने उहाँले बताउनुभयो । ‘उहाँहरुले प्रदेश कमिटी र जिल्ला पार्टी अध्यक्षमा राखेको पाइयो, जुन समानान्तर कमिटीमा राखिएको छ, त्यो पार्टीको हित विपरित हुन्छ, यो पार्टी सिध्याउने काम मात्र हो’, उहाँले भन्नुभयो ।

काहीँ कतै कसैलाई अन्याय भएको भए त्यस विषयमा पार्टीमा छलफल गर्न सकिने उहाँले बताउनुभयो । ‘तर छुट्टिने, आफ्नो सरकार भन्दा बाहिर गएर प्रतिक्रियावादीसँग साँठगाँठ गर्ने, आफ्नो सरकारलाई ढाल्ने, आफ्नो पार्टीलाई ध्वस्त बनाउने जुन क्रियाकलाप हुँदैछ, एउटा पार्टी कार्यकर्ताको नाताले त्यो ठिक लागेन, त्यो सही हुँदैन, म यस्ता गतिविधिमा छैन’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !