२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हेटौंडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०६:०३


वाग्मती । हेटौंडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौंबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको   हो  ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन  सक्छ् ।

उहाँकैपहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ ।  थप सिलिण्डरहरु आउने बताइएको छ । अस्पतालमा अक्सिजनको कमी भएर संक्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री  पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लाग्नुभएको थियो  ।
विरामी उपचार गर्न नसक्ने

वाग्मती प्रदेशको राजधानी हेटौंडामा निजी क्षेत्रबाट संचालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड – १९ को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ ।

दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड संक्रमितको संख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !