प्रधानमन्त्रीको निर्देशन: कोभिड नियन्त्रणको काममा लागाैँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रण र रोकथामको लागि सबैलाई तिब्र रफ्तारमा काम गर्न निर्देशन दिनुभएको छ ।
कोभिड नियन्त्रण र रोकथामको उपायका बारेमा छलफल गर्न शनिबार आयोजना गरिएको सर्वपक्षिय बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । नेपाल सरकारका मन्त्री, उच्च सरकारी अधिकारी, अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उहाँले अब तिब्र गतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले अक्सिजनको आपूर्तिलाई सहज र छिटो बनाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले अक्सिजनको उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । महामारीको बेलामा नाफा कमाउने होइने सेवा भावले काम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले महामारी सबैको साझा समस्या भएकोले यसको बिरुद्ध सामूहिक रुपमा लड्नु पर्ने भन्दै यो लडाईँमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।
-आइएनए न्युज एजेन्सी