३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर बिएण्डसी अस्पतालमा  उच्च

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०७:३१


काठमाडौं । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर  झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र  अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल संक्रमित र मृत्युदर अत्यन्त न्यून  रहेको  जिकिर गरिएको छ ।

अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी  काठमाडौं, सोलुखुम्बु, ओखलढुंगा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र  कैलालीलगायत जिल्लाका  सङ्क्रमित उपचाररत  छन् । महँगो ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल संक्रमितले  सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष  (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि  संक्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।

अहिले भर्ना भएका संक्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ ।  शनिबार मात्र जनता बैंकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैंकका निर्देशक केशव रायमाझी र उहाँकी पत्नी पवित्रा  ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ  । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च  र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘अस्पतालमा कोरोनाका संक्रमितका लागि  अतिआवश्यक पर्ने भेन्टिलेटर , ,एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म  अभाव  छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौं ।’ अस्पतालले  संक्रमितलाई उपचार गर्न  हाल दुई सय श्यया सञ्चालनमा ल्याएको छ  । ‘हवाई  लिफ्ट’ गरी संक्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका  विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर संक्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल नाै सय श्यया छ । ‘महामारीसँग जुध्न ’र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने संक्रमित वृद्धि भएमा आवश्यक पर्‍यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ ।’ कार्यकारी निर्देशक प्रसाईँले भन्नुभयो ।
विशेष गरी कोभिडका बिरामीलाई  क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको अस्पतालले जनाएको छ  ।

स्वास्थ्य संकटकाल घोषणा गर्न माग

विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले स्वास्थ्य  स्वास्थ्य संकटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका   चिकित्सक  अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न आह्वान  गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ  ‘देशव्यापि स्वास्थ्य संकटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन ।  महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ।’

कार्यकारी निर्देशक प्रसाईँले  सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो  उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ  प्रयास गरिरहेको र  राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्ने अ तयार रहेको विज्ञप्तिमा जनाउनुभएको छ ।  उहाँले भन्नुभएको छ ,’विपद्का समयमा राज्यले के दियो र के ग¥यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।’ अस्पतालमा दैनिक एक हजार तीन सय भन्दाबढी बिरामीले अन्तरंग तथा बहिरंग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० संख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले  भन्नुभयो ‘हामी एमबिबिएस तहमा तीन सय विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी÷एमएससमेत अध्यापन गराउन  सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।’ ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ ।  स्वीकृति पाउने वित्तिकै एकहजार पाँच सय स्थानीयबासीले रोजगारी र सरकारले ५० करोड रुपैयाँ भन्दा वार्षिक राजश्व  पाउने जनाइएको छ  ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !