१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीका पाँच मन्त्रीको तोकियो जिम्मेवारी

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:२९


काठमाडौं । गण्डकी प्रदेशमा नयाँ नियुक्त भएका पाँच जना मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

आज मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नियुक्त गर्नुभएका मन्त्रीहरुको जिम्मेवारी तोक्नु भएको हो ।  नयाँ नियुक्त हुनुभएका किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै  रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

नरदेवी पुनमगरलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

राजीव गुरुङ (दीपक मनाङ्गे)ले भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री तथा मन्त्रीहरुको कार्यविभाजन सार्वजनिक गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !