१४ कार्तिक २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले वार्ता टोलीको आजको बैठक स्थगित

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:४३


काठमाडौं । नेकपा एमाले वार्ता टोलीको आजको बैठक स्थगित भएको छ । आज साँझ ७ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

भोलि वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीमा पार्टीका नेताहरु लागेको कारण आजको बैठक स्थगित भएको हो । भोलि हुने निर्वाचनमा एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ । कांग्रेस माओवादी गठबन्धनले एमालेकै माधव नेपाल समूहका खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् ।

विवाद समाधान गरी पार्टीलाई एक बनाएर लैजाने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच सहमति भई कार्यदल बनेर काम गरिरहेको भएपनि पार्टीको आधिकारीक उपम्मेदवारलाई मतदान गर्ने विषयमा माधव समूह औपचारिक रुपमा बोलेको छैन ।

यस अघि हिजो बसेको वार्ता टोलीको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागु गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउन कार्यदलले पार्टी पङ्ितलाई सहयोग र सद्भावको लागि आग्रह गर्ने समेत हिजोको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पङ्तिलाई आह्वान गर्ने हिजोको बैठकले निर्णय गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !