३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:४६


बेइजिङ । चीनमा मंगलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तिब्र बनाइएको छ ।

दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ ।

कोभिड महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !