१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डको कार्यकर्ता हुन रुचाउने गद्दारहरुलाई एक मिनेट पनि पार्टीमा बस्ने सुबिधा दिनु हुँदैन: बचनबहादुर सिंह

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार १६:३८


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचनबहादुर सिंहले पार्टी एकिकरणको लागि बनाइएको कार्यदलको औचित्यता सकिएको बताउनुभएको छ ।

अध्यक्ष सिंहले पार्टी एकताको प्रक्रिया चलि रहेको बेला माधव गुटले पार्टीलाई धोका दिएको कारण अब पार्टी एकिकरणको अभियान अघि बढ्न नसक्ने बताउनुभयो । आज भएको वाग्तमती प्रदेशको राष्ट्रिय सभा उपचुनावमा माधव गुटले आफ्नो असली रुप देखाएको उहाँको भनाइ छ ।

पार्टीको निर्देशन नमान्ने तर पार्टीमै बसिरहने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयो । ‘पार्टीको ह्वीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएकोछ’, उहाँले भन्नुभयो ।

एमालेको सूर्य चिन्हबाट जितेर एमालेलाई धोका दिनेहरु एमालेका जनप्रतिनिध भइरहन नसक्ने उहाँको भनाइ छ । ‘सूर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाती गद्दारहरुलाई अब एक मिनेट पनि पार्टीमा बस्ने सुबिधा दिइनु हुँदैन’, उहाँले भन्नुभयो ।

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई तत्काल कारबाही गरी पार्टी सुद्धिकरणको अभियान अघि बढाउनु पर्ने उहाँको सुझाव छ । ‘गधा धोएर गाई हुँदैन, माधव गुट काम लाग्दैन’, उहाँले भन्नुभयो ।

पार्टी एकीकरणका लागि बनाइएको कार्यदलको अब कुनै औचित्य नरहेकोले त्यसलाई भंग गर्न उहाँले सुझाव दिनुभयो । ‘पार्टी भित्रका धमिराहरुलाई यथासिघ्र कारबाही गरी पार्टी सुद्धिकरण प्रक्रिया अगाडि बढाउनुको बिकल्प हुँदैन’, उहाँले भन्नुभयो ।

आज भएको वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा निर्वाचनमा माधव गुटले कांग्रेस माओवादीसँग साँठगाँठ गरी एमालेका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गराएर गठबन्धनका उम्मेदवार खिमलाल देवकोटालाई मतदान गरी जिताएका छन् । यसबाट एकिकरण प्रक्रियामा आएको नेकपा एमालेमा गम्भीर संकट उत्पन्न भएको छ । आजको घटनाले एकिकरण प्रक्रिया प्रभावित हुने देखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !