१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन -योगश भट्टराई

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १५:२५


काठमाडौं । नेकपा एमालेका सांसद् योगश भट्टराईले आफू अझै पनि एमाले एकता जोगिन्छ कि भन्ने आशमा रहेको बताउनुभएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगर्नु भएका भट्टराईले पार्टी एकता जोगाउनको लागि आज यस्तो निर्णय गरेको बताउनुभएको छ ।

माधव नेपालका विश्वास पात्र मानिनु हुने भट्टराईले माधव गुटका अन्य सांसद्ले देउवाको पक्षमा हस्ताक्षर गरे पनि सो पक्षमा हस्ताक्षर गर्नुभएन । देउवाले माधव पक्षका २६ जना सांसद्को हस्ताक्षर सहित प्रधानमन्त्रीको दाबी राष्ट्रपति समक्ष पेश गर्नुभएको छ ।

भट्टराईले आफ्नो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आजको दिन भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ, सही गरेँकि, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु । ’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !