‘कू’ भनेको के हो ? संविधान अनुसार अगाडि बढ्दा कसरी ‘कू’ हुन्छ ?’- प्रधानमन्त्री केपी शर्मा ओली
प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार ११:०१
काठमाडौं । ‘कू’ भनेको के हो ? संविधान अनुसार अगाडि बढ्दा कसरी ‘कू’ हुन्छ ?’- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गर्नुभयाे ।
चुनाव घाेषणा गरेर सरकारले ‘कू’ गर्याे भन्नेहरुलाई प्रधानमन्त्री ओलीले साे प्रश्न गर्नुभएकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रधानमन्त्री ओलीले ‘कू’को गलत व्याख्या गरिएको बताउनुभयाे ।
आफूहरुले भनेजस्ताे नभए प्रतिगमन भयाे र कू भयाे भन्ने प्रवृत्ति देखिएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे – ‘कू’ भनेको के हो ? साथीहरुले बुझ्नु भएको छ ? के यहाँ बर्मा जस्तै भएको छ ? संविधान अनुसार अगाडि बढ्दा ‘कू’ हुन्छ ? लोकतान्त्रिक पद्धतिमा अघि बढ्दा कू हुन्छ ?’
केही बुद्धिजिवीहरु ज्वारनदेखिकाे बल लगाएर लागिरहेका उहाँले बताउनुभयाे ।
0
Shares