एमालेका यी तीन निर्णयले माधव गुटलाई ठूलै धक्का
काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटी बैठकले तीन वटा निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेकाे एमाले स्थायी कमिटी बैठकले गरेका ती निर्णयले माधव गुटलाई ठूलै धक्का लागेकाे छ । माधव गुटमा भूकम्प गएकाे छ । पार्टीले कडा कारबाही गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालहरुकाे विचल्ली हुने भएकाे छ ।
बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसद्लाई पार्टीकाे साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेकाे छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्पष्टिकरणको जवाफ नदिएकाले माधव गुटका ११ सांसद्लाई निष्कासन गरिएको हाे ।
आफ्नाे पार्टी नेतृत्वकाे सरकार ढाल्न र प्रतिपक्षीकाे सरकार बनाउने खेलमा लागेपछि एमालेले ११ सांसद्लाई पार्टीबाट हटाएकाे हाे । एमालेकाे निर्णय लगत्तै निष्कासित नेताहरुले कारबाहीकाे अर्थ नहुने र नयाँ पार्टी खाेल्ने प्रतिक्रिया दिइरहेका छन् ।
बैठकले माधव गुटका थप १२ सांसद्लाई पनि स्पष्टिकरण साेधेकाे छ । बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय गरेको छ ।