२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नाउर गणना प्रभावित

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०८:४१


फुङ्लिङ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र यांमा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो ।

कञ्चनजंघा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलांतचुंगाेला र याङमा क्षेत्रमा कोभिडको कारणले प्रवेश गर्न पूर्णरुपमा रोक्का गरेको छ ।’ कोभिड—१९ संक्रमण फैलिनबाट रोक्न ओलाङ्चुगोला र यांमामा क्षेत्रमा प्रवेश रोक्का गरिएको छ । नाउर निरीक्षण गर्न लागि कञ्चनजंघा  संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई विश्व वन्य जन्तुको कोष (डब्लुडब्लुएफ)ले १० लाख रुपैयाँ उपलब्ध गराएको तिवारीले बताउनुभयो ।

गत महिना डब्लुडब्लुएफ र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बीच नाउर निरीक्षण र हिउँचितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम सम्झौता भएको छ । असार मसान्तसम्ममा कार्यक्रम सम्पन्न गर्नु पर्नेमा कोभिडको कारणले अहिले कार्यक्रम सुरुवात भएको छैन ।

विश्वमा दुर्लभ हुँदै गाएको वन्यजन्तु हिउँचितुवाको संरणक्षण गर्ने क्रममा नाउरको निरीक्षण गर्न लागिएको तिवारीले बताउनुभयो । नाउर हिउँचितुवाको प्रमुख आहारा हो । ०७३  मा दुई हजार दुई सय को संख्यामा नाउर रहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । पाँच वर्षयता नाउरको निरीक्षण भएपनि परिमाण आउन नसकेको फेम्बुले बताउनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !