२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दमक बहुमुखी क्यापसकाे नयाँ भवन  शिलान्यास गर्नुहुने

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार ०५:५५


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दमक बहुमुखी क्यापसकाे नयाँ भवन  शिलान्यास गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ११ बजे साे भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएकाे प्रधानमन्त्रीका  विकास  सल्लाहाकार हाेमबहादुर थापाले जानकारी दिनुभयाे । प्रधानमन्त्री ओलीले आफ्नाे गृह जिल्ला झापाकाे दमकमा बन्ने साे भवनकाे भर्चुअल माध्यमबाट शिलान्यास गर्न लाग्नुभएकाे हाे ।

पुराना भवनमा  विद्यार्थीलाई पठन पाठन गराउन जाेखिम बढेकाे र क्याम्पसमा नयाँ संकाय थप गर्न भवनकाे अभाव भएकाले नयाँ भवन बनाउन लागिएकाे  क्याम्पस सञ्चालक समिति सदस्य अम्बिका खनालले  जानकारी दिनुभयाे । ‘नयाँ भवन चार तलाकाे हुनेछ, ग्राउड फ्लाेरमा पार्किङ, पहिलाे तला  क्याम्पसलाई आम्दानी गर्न भाडामा दिने याेजना छ, बाँकी दुई तलामा पठन पाठन हुन्छ’- खनालले भन्नुभयाे ।

साे भवन ८ कराेड ९४ लाख लागतमा बन्नेछ । दमक बहुमुखी क्याम्पस एक नम्बर प्रदेशका विद्याथीकाे राेजाइमा पर्ने क्याम्पस हाे ।  पठनपाठन राम्राे हुने भएकाले विद्यार्थीहरुकाे राेजाइमा पर्न सफल भएकाे हाे । अहिलेकाे भवन धेरै पुरानाे भएकाे र नयाँ संकाय थप्नका लागि भवन अत्यावश्यक भएकाे नयाँ भवन बनाउन लागिएकाे हाे ।

यस क्याम्पसमा स्नाकाेत्तर सम्मकाे पठन पाठन हुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !