देशभरका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १३:३५
काठमाडाैं । सरकारले देशभरका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गर्ने भएकाे छ
शनिबार आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई आगामी आर्थिक वर्षदेखि निःशुल्क उपचार गर्ने व्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।
पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएकाे उहाँले बताउनुभयो
श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमाकाे व्यवस्था मिलाइएकाे जानकारी दिँदै उहाँले यसका लागि बीमा शुल्क सरकारले तिर्ने बताउनुभयाे ।
0
Shares