१ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कालिकाेटमा परीक्षणको दायरा बढाइने

प्रकाशित मिति :  २९ जेष्ठ २०७८, शनिबार ०३:०६


मान्म । कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ ।

जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा पाँच/पाँच सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि पाँच/पाँच सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिनुभयो ।

‘समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौँ’, उहाँले भन्नुभयो,‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।’

शुक्रबार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पिसिआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको महतले बताउनु भयो ।

त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार चार सय ९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार तीन सय ५२ जना डिस्चार्ज भएका छन् ।  हाल कोरोना सक्रिय संक्रमित एक सय ३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कालिकोटमा हालसम्म कोरोना संक्रमणले चार जनाको ज्यान गएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !