११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीलाई ज्यान मार्ने धम्की दिने नरोत्तम वैद्यलाई कारवाही गर- दश जनसंगठन

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:२२


काठमाडौं । नेकपा (एमाले) निकट विभिन्न दश जनसंगठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।

गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती संगठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत हुने भएकोले उहाँलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् । मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली कांग्रेसले अझैसम्म औपचारिक धारणा मेत सार्वजनिक नगरेकोप्रति ती संगठनले आपत्ति जनाएका छन् ।

गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल महिला संघका सहसंयोजक थममाया थापा, विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, मुस्लिम इत्तिहास संगठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापालगायतले भेटी ज्ञापनपत्र बुझाउनुभएको थियो ।

केही दिन अघि बाग्मती प्रदेशसभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको थियो । आम आलोचनापछि वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिनुभएको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !