खुलामञ्च यसरी खाली गरियो
प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०६:४१
काठमाडौँ : काठमाडौँको खुलामञ्च खाली गराइएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेका मानिसलाई हटाएर अबैध रुपमा बनाइएका संरचना पनि डोजर लगाएर भत्काइएको छ ।
खुलामञ्च छेउमा चिनियाँ कम्पनीले आफ्नो सामान राख्न बनाएको संरचना भने बाँकी छ । त्यो केही समयपछि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चमा रहेका संरचना हटाएपछि अब कार्यक्रम गर्न मिल्ने गरी खुलामञ्च खाली भएको छ । अबभने खुलामञ्चको मञ्च यसअघि जस्तै गरी कार्यक्रम गर्न मिल्ने भएको छ ।
यसअघि अतिक्रमित खुलामञ्च कार पार्किङमा परिणत भएको थियो । तर अब खाली गराएपछि खुलामञ्चमा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको उनले बताए । एक हप्तामा थप सरसफाई गरेर खुलामञ्च पहिलेकै स्वरुपमा सञ्चालन गरिने सापकोटाले बताए ।
-रासस
0
Shares