मन्त्री शेरबहादुर तामाङको विशेष पहलमा जोडियो मेलम्ची -हेलम्बु सडक
प्रकाशित मिति : ६ असार २०७८, आईतवार १५:४९
काठमाडौं । मेलम्ची नदीमा बाढी आउँदा भत्किएको मेलम्ची-हेलम्बु सडक जोडिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको विशेष पहलमा साे सडक आज जोडिएको हो । सडक जोडिएसँगै आवतजावत गर्न सहज भएको छ । असार १ गते मेलम्ची नदीमा आएकाे बाढीले साे सडक तहसनहस पारेकाे थियाे ।
यसैबीच काठमाडौं महानगरले मेलम्ची नगरपालिका,पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । मेलम्ची नगरपालिकालाई २ करोड, पाँचपोखरी गाँउपालिकालाई ५० लाख र हेलम्बु गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
सहयोग बराबर रकमको चेक भोलि काठमाडौं महानगरको मेयर विद्या सुन्दर शाक्यले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको उपस्थितिमा हस्तान्तरण गर्दै हुनुहुन्छ । चेक हस्तान्तरणसँगै स्वास्थ्य मन्त्री तामाङले राहत पनि घोषणा गर्नुहुने कार्यक्रम छ ।
0
Shares