स्काभेटर चालकले बकेटले हानेर वडाध्यक्षको ज्यान लिए
प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०६:१९
सर्लाही । स्काभेटर चालकले ईश्वरपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको ज्यान लिएका छन् ।
चालकले स्काभेटरको बकेटले हानेर वडा अध्यक्ष श्रेष्ठको ज्यान लिएका हुन् ।
खानपिनको क्रममा सामान्य विवाद भएपछि, चालकले स्काभेटर स्टाट गरी वडा अध्यक्षको टाउकोमा प्रहार गरी खाल्टोमा हालेका थिए ।
स्थानीयले घट्ना थाहा भए लगतै अचेत अबस्थामा भेटिएका श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्याएका थिए, पुर्याएलगतै श्रेष्ठलाई चिकित्सकले मृत घोषना गरेका थिए ।
श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि मलंवा अस्पतालमा छ ।
अहिले हत्या आरोपी चालक र जेसीबीका ठेकेदारलाई प्रहरीले पक्राउ गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकाेटाले जानकारी दिनुभयो ।
0
Shares