११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लाेकतान्त्रिक हूँ भन्ने पार्टीकै नेताले लाेकतन्त्रकाे मार्ग छाेडे-प्रम ओली

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार १०:३७


काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली फटाहरुकाे संगत गर्नुभएकाे बताउनु भएकाे छ ।

मदन भण्डारी फाउण्डेशनले साेमबार बालुवाटारमा गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लाेकतान्त्रिक हूँ भन्ने पार्टीकै नेताले लाेकतन्त्रकाे मार्ग छाेडेकाे बताउनुभयाे । प्रधानमन्त्री ओलीले देउवाले केही जाली फटाहाहरुको साथ लिएर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘संसद्‍बाट होइन, अन्य बाटोबाट प्रधानमन्त्री बन्न खोज्नुभयो, अदालतबाट प्रधानमन्त्री बन्न खाेज्नुभयाे, चुनावमा जान सकिन्थ्याे  तर जनतामा जाने बाटोलाई अवरोध गरियो ।’ जनतामा जाने कुरालाई कांग्रेसले कू भनेकाे बताउँदै प्रधानमन्त्रीले प्रश्न गर्नुभयाे  – ‘जनतामा जाने कुरालाई कांग्रेसले कू भन्याे, यदि यस्तो हो भने २०१७ साल, माघ १९ चाहिँ के थियो ?, के त्यो लोकतान्त्रिक थियो ?’  तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ मा सत्ता हातमा लिँदा देउवालाई अक्षम भनिएकाे पनि प्रधानमन्त्रीले स्मरण गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !