चुनावकाे तयारी थाल्नुस् : सुवास नेम्वाङ
काठमाडाैं । नेकपा नेता सुवासचन्द्र नेम्वाङले ताेकिएकाे मितिमै चुनाव हुने बताउनु भएकाे छ ।
इलाम सदरमुकाम इलामबजारमा बिहीबार भएकाे कार्यक्रममा नेता नेम्वाङले ताेकिएकाे मितिमै चुनाव हुने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे ।
चुनावी कार्यक्रम राेक्नु भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘सर्वोच्च अदालतले यसबारे अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो, त्यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’
निर्वाचन आयाेगले काम अगाडि बढाएकाे र सर्वाेच्चले पनि चुनावी कार्यक्रम राेक्न कुनै आदेश नदिएकाले ताेकिएकाे समयमै चुनाव हुनेमा आफू विश्वस्त रहेकाे उहाँले बताउनुभयाे । अदालतको अन्तिम फैसला नआएसम्म चुनावको प्रक्रिया नरोकिने पनि उहाँले बताउनुभयाे ।
काम गर्नै नसक्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने निर्णय गर्नुभएकाे नेम्वाङले बताउनुभयाे । जनतामाज जाने कुरा असंवैधानिक हुन नसक्ने पनि उहाँले बताउनुभयाे । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको पनि उहाँले प्रष्ट पार्नुभयाे ।
-रासस