११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०२:४०


काठमाडौं । नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दैछ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज बिहान ११ बस्ने बैठकले महाधिवेशन आयाेजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ । याेसँगै एमाले औपचारिक रुपमै ०७५ जेठ २ काे अवस्थामा फर्कनेछ ।

मंगलबार बसेकाे एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयाेजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेकाे थियाे । साे बैठकले असार १८ गते केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय समेत गरेकाे छ । असार १३ गते बसेकाे एमाले स्थायी कमिटी बैठकले असार १६ अर्थात आज आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियाे ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन ०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्कने घाेषणा गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सार्नुभएकाे थियाे । अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएकाे हस्ताक्षर फिर्ता लिन माधव गुटलाई आग्रह गर्नुभएकाे थियाे । हस्ताक्षर फिर्ता भए पार्टीले गरेका कारबाही फिर्ता गरिने र यसबीचका विवादका कारण कसैप्रति पूर्वाग्रह नराखिने अध्यक्ष ओलीको प्रस्ताव थियो ।

तर माधवकुमार नेपालहरुले हस्ताक्षर फिर्ता नलिने बताइसक्नु भएकाे छ । उहाँकाे गुटका धेरै नेता भने संस्थापन पक्षकाे प्रस्तावमा सहमत छन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !