प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि आज पनि सरकारी पक्षले बहस गर्ने
काठमाडाैं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि आज पनि सरकारी पक्षले बहस गर्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ भइरहेकाे छ ।
सर्वाेच्चकाे संबैधानिक इजलासमा सोमबार र मंगलबार सरकारको पक्षमा बहस भएको थियो । सरकारी पक्षलाई बहसका लागि ताेकिएकाे सयम अब ७ घण्टा ५५ मिनेट मात्र बाँकी छ । मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले सरकारका तर्फबाट बहस गर्नुभएकाे थियाे ।
सरकारी पक्षको बहसपछि सभामुखका कानुन व्यवसायीकाे बहस सुरु हुनेछ । सभामुखकाे पक्षका कानुन व्यवसायीका लागि संवैधानिक इजलासले १ घण्टाको सयम ताेकेकाे छ । सभामुखतर्फकाे बहस सकिएपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) ले आफ्नाे राय दिनेछन् । ४ जना एमिकस क्युरीका लागि ४ घण्टाकेा समय ताेकिएकाे छ । त्यसपछि फैसला हुनेछ ।
रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसद्काे तर्फबाट असार १३ गते बहस सकिएकाे थियाे । विघटनसम्बन्धी रिटमाथि असार ९ देखि निरन्तर सुनुवाइ भइरहेकाे छ । विघटन विरुद्ध सर्वाेच्च अदालतमा ३० वटा रिट परेका छन् ।