११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जतिसक्दो चाँडो सबै नागरिकहरुलाई खोप लगाउनेछौं-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ०८:२३


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काेभिड विरुद्धकाे खाेप खरिदमा देखिएकाे समस्या समाधान भएकाे बताउनु भएकाे छ ।

समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले अब लगातार खाेप आउने बताउनुभयाे । खाेप आउनासाथ अभियान नै चलाएर सबैलाई खाेप लगाउन थालिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं, अब लगातार खाेप आउनेछ सबैलाई क्रमैसँग खोप लगाउँछौं ।’ सबैलाई खाेप दिएर काेभिडबाट सरकारले सक्दाे प्रयास गरिरहेकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

सबैलाई एकैपटक खाेप लगाउन लगाइदिने व्यक्तिकाे पनि कमी भएकाले पहिले जोखिमयुक्त समूहलाई र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिइने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयाे – ‘हामी जतिसक्दो चाँडो सबै नागरिकहरुलाई खोप लगाउनेछौं,भ्याक्सिनको क्याम्पेन नै चल्नेछ ।’

सरकारकाे प्रयासकै कारण अन्य देशकाे तुलनामा नेपालमा कम क्षति भएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । कोभिडबाट बच्न स्वास्थ्य मापदण्डलाई कडाइ साथ पालना गर्नुपर्ने उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !