११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि आज सभामुखकाे तर्फबाट बहस

प्रकाशित मिति :  २० असार २०७८, आईतवार ०३:३५


काठमाडाैं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस हुँदैछ ।

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सभामुखतर्फका कानुन व्यवसायीले साे मुद्दामाथि बहस गर्न लागेका हुन् । विघटनसम्बन्धी मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने तय भएकाे छ । सभामुख कानुन व्यवसायीका लागि २ घण्टा समय तोकिएको छ ।

सभामुखका कानुन व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिने छ । त्यसका लागि तीन घण्टाको समय ताेकिएको छ । त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी)को बहस हुनेछ । त्यसका लागि दुई घण्टाको समय तोकिएको छ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !