एमाले अध्यक्ष केपी ओलीले माधव गुटका २३ सांसद्लाई दिनुभएकाे अल्टिमेटम आज सकिँदै
प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०४:३९
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव गुटका २३ सांसद्लाई दिनुभएकाे अल्टिमेटम आज सकिँदैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएकाे हस्ताक्षर फिर्ता अर्न एमाले अध्यक्ष ओलीले माधव गुटका २३ सांसद्लाई ३ दिने अल्टिमेटम दिनुभएकाे थियाे । असार १८ गते बसेको पार्टीकाे १३ औं केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले माधव गुटका २३ सांसद्लाई असार २१ गते साँज ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न निर्देशन दिनुभएकाे थियाे ।
अध्यक्ष ओलीले ताेकिएकाे समयभित्र हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी दिनुभएकाे थियाे । असार १९ गते बैठकमा पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नगर्नेहरु एमालेका नेता कार्यकर्ता हुँनै नसक्ने बताउनुभएकाे थियाे ।
0
Shares