न्यायाधीशलाई प्रचण्डकाे बधाई
प्रकाशित मिति : २८ असार २०७८, सोमबार १३:२५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको आदेशबाट नेपाली जनातको जित भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतको फैसला पछि प्रतिक्रिया सार्वजनिक गर्दै प्रचण्डले अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभएको छ ।
सर्वोच्चको फैसलाले संविधान, लोकतान्त्रिक मूल्य मान्यताको र राष्ट्रिय हितको रक्षा भएको उहाँले बताउनुभएको छ । अदालतले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको प्रचण्डको भनाइ छ ।
आफूहरुको पक्षमा फैसला गरेकोमा प्रचण्डले न्यायाधीशरुलाई बधाई दिनुभएको छ । ‘यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ, इतिहासले यसलाई सम्मान गरिराख्ने छ’, प्रचण्डले भन्नुभएको छ ।
0
Shares