११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताविराेधी राजनीतिक अभ्यासकाे मतियार हुन सकिनँ – भीम रावल (राजीनामा पत्रसहित)

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार १२:२७


काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएकाे छ ।

एमाले एकता टुंगाेमा पुग्नै लाएका बेला माधवकुमार नेपालले धाेका दिएपछि रावलले राजीनामा दिनुभएकाे हाे । रावलले राजीनामा पत्र संघीय संसद् सचिवालयमा बुझाउनुभएकाे छ । आफ्नै पार्टीकाे नेतृत्वकाे सरकार ढालेर विपक्षीकाे सरकारलाई सहयाेग गर्ने जनताविराेधी राजनीतिक अभ्यासकाे मतियार हुन नसक्ने भएकाले पदबाटै राजीनामा दिएकाे रावलले पत्रमा उल्लेख गर्नुभएकाे छ ।

नेता नेपालले जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताइसक्नुभएकाे छ । संसदीय इतिहासमा कलंकको टिका लगाउनु भन्दा सांसद पद त्याग्नु नै उचित हुने निर्णयसहित रावलले राजीनामा दिनुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !