३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाईंदै

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार ०४:४०


काठमाडौं । आजदेखि काेभिड-१९ विरुद्धकाे जोन्सन एण्ड जोन्सन खाेप लगाईंदैछ ।

अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप आज साउन ४ देखि ६ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहान १० बजेदेखि याे खाेप लगाउने अभियान सुरु हुनेछ ।  काठमाडौंका ४४ वटा खोप केन्द्रबाट याे खाेप दिइनेछ ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपांगता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने मन्त्रालयले जनाएकाे छ । याे खाेप एक डाेज लगाए पुग्छ ।  गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप गत साेमबार नेपाल आइपुगेको थियाे ।

केपी शर्मा ओली सरकारले १ कराेड बढी खाेपकाे सुनिश्चितता गरिसकेकाले खाेप निरन्तर आउने क्रम जारी छ ।

यसैबीच प्रधामन्त्री शेरबहादुर देउवाले आज उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायत केन्द्रको स्थलगत निरीक्षण गर्न लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !