सामाजिक विविधताले राष्ट्रिय एकतालाई मजबुत बनाएको छ : प्रधानमन्त्री देउवा
प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०४:५२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधताले राष्ट्रिय एकता र सहकार्यको वातावरणलाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल अज्हा) को अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना दिँदै उहाँले यो पर्वले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने बताउनुभएको छ ।
प्राणघातक कोभिडबाट जोगिँदै पर्व मनाउन पनि आग्रह गर्नुभएको छ । ‘कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको छ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
0
Shares