११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनताको तागत अगाडि प्रतिगामी तत्व परास्त भए : प्रचण्ड

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ०४:५६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशी विदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भएको बताउनुभएको छ ।

मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समुदायले हासिल गरेका हक अधिकारको कटौती हुन लागेको बताउनुभएको छ । त्यस्ता प्रतिगामी तत्व जनताको तागत अगाडि परास्त भएको उहाँको दाबी छ । ‘त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुर्नवहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु’, प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ ।

जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली एकतावद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको प्रचण्डले बताउनुभएको छ । नेपालीको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको उहाँको भनाइ छ । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तन भएको उहाँले बताउनुभएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !