ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु-प्रम देउवा
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताउनुभएकाे छ ।
गुरु पूर्णिमा तथा व्यास जयन्तीमा अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको उल्लेख गर्नुभएकाे छ ।मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको पनि उहाँकाे सन्देशमा लेखिएकाे छ ।
ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुभकामना पनि दिनुभएकाे छ ।
गुरु पूर्णिमा तथा व्यास जयन्तीले सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएकाे छ । हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।