३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दार्चुला घटना : दाेषीलाई कारबाही माग गर्दै नेपालले पठायाे भारतलाई पत्र

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार ०७:२६


काठमाडाैं । दार्चुला घटनाकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न माग गर्दै स्थानीय प्रशासनले भारतीय प्रशासनलाई पत्र पठाएकाे छ ।

दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार तुइन काटीदिँदा ३५ वर्षीय जयसिंह धामी महाकाली बेपत्ता भएका छन् । साेही विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबिन गर्न पत्राचार गरेकाे हाे ।

साे घटनाकाे सम्बन्धमा सत्यतथ्य पत्ता लगाइ कारबाही गर्न दार्चुला प्रशासनले आग्रह गरेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !