३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रियलमी ‘जीटी’ विश्वभर सार्वजनिक हुने

प्रकाशित मिति :  १० फाल्गुन २०७७, सोमबार १०:०९


 

काठमाडौँ । रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बजारमा ल्याएको छ ।
‘रेस’ कोडनाम राखिएको यो मोबाइल मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गरिन्दै छ ।विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ । पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको हो ।
हाल ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दगएक छन्।

नयाँ फ्लैगसिप सिरिज, नयाँ यात्रा

नयाँ पर्फमेन्ससहितको फ्लैगसिप सिरिजको यो स्मार्टफोन स्नैपड्रैगन ८८८ प्रोस्रेसरयुक्त रहेको छ । यो केबल रेसिङको रुपमा मात्र नभएर युवापुस्तालाई आत्मसन्तुष्टि दिँदै नयाँ धारणा विकास गर्न सक्ने दाबा कम्पनीको छ ।

चुनौतीदेखि उन्नतिसम्म, नयाँमार्गमा सफलता
सन् २०२० मा विभिन्न चुनौतीको सामना सहित रियलमी स्मार्टफोन उद्योग बलियो प्रतिस्पर्धी बन्दै गएको छ । ै तीव्र बजार विस्तार गरेको यस कम्पनीलाई ‘काउन्टरपोइन्ट’ले विश्वभर सबैभन्दा चाँडो ५ करोड मोबाइल फोन विक्री गर्ने कम्पनीको सूचिमा राखेको छ ।

कम्पनीको बारेमा
रियलमी प्रविधिमा नयाँ छलाङ मार्दै स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्दै गएको कम्पनी हो । सन् २०२० को तेस्रो त्रैमासिकमा सार्वजनिक ‘काउन्टरपोइन्ट’को रिपोर्टअनुसार विश्वमै उत्कृष्ट सातऔँ नम्बरको बजार थियो । रियलमी धेरै स्मार्टफोन विक्री गर्ने ब्राण्ड मध्ये एक बनेको छ । सन् २०१९ मा ८०८ प्रतिशतले बजार वृद्धि गर्दै रियलमीले अढाई करोड मोबाइल फोन विक्री गरेर २०१९ का ४ वटै त्रैमासिक र २०२० का दुई त्रैमासिकमा सबैभन्दा धेरै उन्नति गरेको स्मार्टफोन ब्राण्ड बन्न सफल भयो । हाल चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !