प्रम देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएकाे भेटवार्तामा उहाँहरुबीच मन्त्रिमण्डल विस्तार,मन्त्रालय भागबण्डा लगायत विषयमा छलफल भएकाे बताइएकाे छ । गठबन्धन सरकार बनेकाे १८ दिन पुगिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेकाे छैन ।
मन्त्रीका आकांक्षी धेरै भएपछि गठबन्धन सरकारलाई सकस परेकाे छ । मन्त्रिमण्डल विस्तारका लागि भन्दै दिनहुँ भेटवार्ता र छलफल भएपनि अहिलेसम्म सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेकाे छैन । प्रचण्ड दिनहुँ बालुवाटार धाउनुभएपनि मन्त्रिमण्डल विस्तारमा कुनै प्रगति हुन सकेकाे छैन ।
मन्त्रिमण्डलले पूर्णता नपाएपछि सत्ता पक्षकै नेताहरुले सरकारकाे आलाेचना गरिरहेका छन् । काेभिड महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत मन्त्री पाउन सकेकाे छैन ।