देउवा सरकारले जनतामारा कार्यक्रम ल्यायाे – चक्रप्रसाद स्नेही
प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०९:०५
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयाेग खारेजकाे विषय राष्ट्रिय सभामा उठेकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् चक्रप्रसाद स्नेहीले भूमिसम्बन्धी समस्या समाधान आयाेग खारेज गर्ने सरकारकाे निर्णयकाे विराेध गर्नुभयाे । शेरबहादुर देउवा सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याएकाे बताउँदै चक्रप्रसादले भन्नुभयाे – ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले याे सरकारलाई धन्यवाद दिन चाहान्छु ।’
जयसिंह धामी वेपत्ता प्रकरणमा प्रत्यक्षदर्शीले तुइन काटिएको देखेकाे हुँदाहुँदै छानबिन आयोग बनाएर अलमलाउने काम भइरहेकाे पनि स्नेहीले बताउनुभयाे ।
0
Shares