अहिले त अदालतले प्रधानमन्त्री बनाउँछ- केपी ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाले कामै गर्न नसक्ने देखेपछि आफूले विघटन गरेकाे बताउनुभएकाे छ ।
नेकपा एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई मंगलबार पाेखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतले असंवैधानिक फैसला गरेपनि आफूहरुले त्यसलाई सम्मान गरेर अगाडि बढेकाे बताउनुभयाे ।
‘अदालतले त जे पनि फैसला गर्दा त मान्नुपर्छ, सबैलाई थाहा छ, मान्नुपर्ने भएपछि अदालतले पुर्नस्थापना गरिदियो, एउटा साधारण नियम छ अदालतको- संविधानमा जेसुकै लेखिएको होस्, कांग्रेसले विघटन गर्याे भने सदर, एमालेले विघटन गर्याे भने बदर, त्यो पहिल्यैदेखि हो ।’
मनमोहन अधिकारीले विघटन गरेको संसद्लाई अदालतले पुर्नस्थापना गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएकाे र आफूले विघटन गरेपछि अदालतकै कारण देउवा नै प्रधानमन्त्री बन्नुभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश, त्यो समेत हुनथाल्यो, ५२ सालमा पनि अदालतले नै मनमोहनलाई हटाएको हाे ।’