२७ श्रावण २०८३, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संविधान जारी हुनुकाे अर्थ एउटा युगकाे अन्त्य र अर्काे युगकाे सुरुवात हाे-केपी ओली

प्रकाशित मिति :  19 September, 2021 7:38 am


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले आजकाे दिन संवैधानिक सर्वाेच्चता कायम भएकाे बताउनुभएकाे छ ।

संविधान दिवस तथ राष्ट्रिय दिवसकाे अवसरमा आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयाेजित कार्यक्रममा अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘जनतामा रहेकाे सार्वभाैमसत्ता र सम्पूर्ण शक्तिका स्राेतकाे प्रत्याभूति संविधानमार्फत भएकाे छ, यसलाई संवैधानिक सर्वाेच्चता भनिन्छ, आजकाे दिन संविधानकाे सर्वाेच्चता कायम भएकाे दिन हाे ।’

संविधान जारी हुनु धेरै ठूलाे उपलब्धि भएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हाम्राे संविधान जारी हुनुकाे अर्थ एउटा युगकाे अन्त्य र अर्काे युगकाे सुरुवात हाे, याे सामन्ती राजकाे अन्त्य र जनताकाे युगकाे प्रारम्भ हाे,सुनाैगाे युगकाे सुरुआत भयाे, सम्भावनाकाे ढाेका खाेल्ने काम भयाे ।’

संविधान निर्माणकाे क्रममा राष्ट्रव्यापी मात्र नभइ जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ व्यापक र गम्भीर छलफल भएका उहाँले स्मरण गर्नुभयाे । सबैभन्दामाथि जनताकाे सर्वाेपरिता हुन्छ भन्ने व्यवस्था संविधानमार्फत जनताका इच्छा पूरा गरिएकाे उहाँले बताउनुभयाे ।

जनताकाे संविधान बनाउदा धेरै कुरा सहनुपरेकाे उहाँले स्मरण गर्नुभयाे । संविधान जारी गर्न नदिन धेरै चलखेल भएका पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

संविधानले सापेक्षित रुपमा राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्थाकाे अन्त्य गरेकाे उहाँकाे भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !