८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चन्द समूहसँग वार्ता गर्न टोली गठन

प्रकाशित मिति :  १८ फाल्गुन २०७७, मंगलवार ०८:०५


काठमाडाैं  । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाकाे संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !