२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ठूलाे आवाज निकाल्ने माेटरसाइकलमाथि आक्रामक बन्दै ट्राफिक

प्रकाशित मिति :  २२ माघ २०७७, बिहीबार ०८:०९


काठमाडौं । ठूलाे आवाज निकाल्ने सवारी साधन माथि महानगरीय ट्राफिक प्रहरी महाशाखा विगत १ महिनादेखि आक्रामक रुपमा लागिपरेकाे छ ।

महाशाखाले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ ।

महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिनुभयो ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।

यस्ता मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाइकलहरू कतै कुदिरहेकाे देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !