कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाऔं – दिव्यराज भण्डारी
काठमाडौं । सांसद् दिव्यराज भण्डारीले कोरोनासंक्रमण रोकथामको तयारीबारे सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने बताउनु भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद् भण्डारीले संक्रमण फेरि फैलिन थालेकाले यसको रोकथामका भइरहेका पछिल्ला कामबारे सर्वदलीय बैठक बोलाएर जानकारी दिनुपर्ने बताउनुभयो ।
कोरोना फेरि फैलँन नदिनका लागि भइरहेको पछिल्लो तयारीबारे जानकारी गराउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद् भण्डारीले छिमेकी देशमा कोरोना फेरि फैलिएकाले नेपालमा फैलन नदिन कस्तो तयारी हुँदैछ भन्ने जानकारी सरकारले गराउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘संक्रमण बढ्ने जोखिम बढेको छ, पीसीआर परीक्षण कसरी हुँदैछ ? सरकारले आइसोलेशन, क्वारेन्टिनको व्यवस्था कसरी गर्दैछ ? खोप लगाउने काम कसरी हुँदैछ ? सर्वदलीय बैठक बोलाएर यसको जानकारी दिनुपर्छ ।’