हेटौँडा अस्पतालमा थप एक संक्रमितले गुमाए ज्यान
प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार ०६:१०
वाग्मती । मकवानपुरमा थप एक कोभिड संक्रमितको ज्यान गएको छ ।
गए राति हेटौँडा अस्पतालमा एक संक्रमितको ज्यान गएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे ज्यान गएको हेटौँडा अस्पतालमा प्रमुख डा. प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित पुरुषलाई हिजो मात्रै कोभिड संक्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा ज्यान गुमाउनेकाे संख्या ३४ पुगेको छ ।
मकवानपुरमा आइतबारमात्रै दुई सय ११ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
– रासस
0
Shares