६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपा सरकार गठन प्रक्रियामा तटस्थ बस्ने

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ०७:३७


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकले वर्तमान संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनको प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा केहीबेर अघि बसेको बैठकले सो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बोलाउनु भएको थियो । बैठकमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका सांसद् सहभागी भएनन् ।

राष्ट्रपतिले आज साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको लागि गरेको आह्वानका विषयमा आधिकारीक धारणा बनाउन बसेको बैठकले सो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !