३ चैत्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागलुङमा डेढ महिनामा ३३ को गयाे ज्यान 

प्रकाशित मिति :  २१ जेष्ठ २०७८, शुक्रबार १०:३९


.

गलकोट । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना संक्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्यांकअनुसार डेढ महिनाको अवधिमा ३३ संक्रमितको ज्यान गएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको ज्यान गएको थियो ।

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । ‘पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ’ डा. पोखरेलले भन्नुभयो, ‘कोरोना संक्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।’

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा संक्रमणको दर अझै नियन्त्रणमा नआएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत संक्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफैं जागरुक नभएसम्म कोरोना संक्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ ।

अहिले जिल्लामा एक हजार ७० जना सक्रिय संक्रमित पुगेको छ । यो संख्या जिल्लामा संक्रिय संक्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लंघन भइरहेकाले कारण कोरोना संक्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !