३० माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमितको स्वास्थ्यलाभ र मृतकको चिर शान्तिकाे कामना गर्दै दिप प्रज्वलन

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार ०८:५९


भादगाउँ । नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो ।

कोरोना संक्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताउनुभयो । ‘पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहनुभएका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो’, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताउनुभयो ।

कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !