भैंसी चाेर्ने पक्राउ
प्रकाशित मिति : ७ असार २०७८, सोमबार ०६:१०
सुनसरी । भैंसी चाेर्ने एक जना सुनसरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरी छन् । असार ५ गते राति ईनरुवा नगरपालिका-९ बविया बस्ने रामरुप खत्वेको घरमा वाधिराखेको चौपाँया (भैंसी) चोरी भएको जानकारी पाउनासाथ खटिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीकाे टाेलीले जियाउदिनलाई भैंसी र भैंसीको पाडा लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह-६ सुकसेना नहरछेउबाट आइतबार पक्रेकाे हाे ।
जियाउदिनमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९३० बमोजिम असार ५ बाट लागूहुने गरी आइतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।
0
Shares