हरिणकाे छालासहित झापाबाट दुई पक्राउ
प्रकाशित मिति : २३ असार २०७८, बुधबार ०६:२०
झापा । हरिणकाे छालासहित झापाबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४० वर्षीय लुखिराम हस्दा र २४ वर्षीय सुमन टुडु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयाे ।
झापा कचनकवल गाउँपालिका-३ अभिमुक्तेश्वर सामुदायिक बनमा हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्ने बिशेष सूचानाको आधारमा असार २२ गते प्रहरी चाैकी पथरियाबाट खटिएको टाेलीले उनीहरुलाई पक्रेकाे हाे ।
हरिणको छालासहित दुई जनालाई तत्काल पक्राउ गर्न सफल भएपनि केही व्यक्ति फरार रहेकाे प्रहरीले जनाएकाे छ । फरार व्यक्तिहरुकाे खाेजी भइरहेकाे छ । लुखिराम र सुमनलाई हरिणकाे छालासहित आवश्यक कानुनी कारबाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।
0
Shares